
झापा । झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत भेटिएका छन् । झापाको कचनकवल गाउँपालिका ५ मा आइतबारबिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला मृत फेला परेका हुन् ।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिएका छन् ।



जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् । शनिबार दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब साढे ७ बजे झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।