इटहरीका सबै व्यावसायिक पसलहरु खुल्ने

इटहरी / इटहरी उपमहानगरपालिका क्षेत्रका सबै व्यावसायिक पसलहरु खुल्ने भएका छन् । सामाजिक दुरि कायम गर्दै सबै प्रकारका व्यावसायिक पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म खाेल्ने निर्णय भएकाे छ । बुधवार इटहरी उपमहानगरपालिकामा बसेको उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी तथा स्थानीय प्रशासन बिचको बैठकले बुधवारबाट नै पसलहरू खाेल्ने निर्णय गरेकाे छ ।

विश्वविद्यालय, बिद्यालय लगायत शैक्षिक संस्था, होटल, मठन्दिर, मस्जिद, गुम्बा, शैलुन, ब्युटिपार्लर, जिम खाना, सिनेमा हल, पार्टी प्यालेस भने खुल्ला हुने छैनन् । साथै खेलकुद स्थल, सामुहिक जमघट हुने स्थानहरु तथा इजाजत पाहेका बाहेकका सवारीसाधनहरु सञ्चलन गर्न पाइने छैन् । सञ्चालन भएका पसलहरूमा सामाजिक दुरिकाे पुर्ण पालना गर्नु पर्ने छ । साथै आफ्नो पसल अगाडि साबुन पानी राखेर, सेनेटाइजरको ब्याबस्था सहित सुरक्षा अपनाउनु पर्ने बताइएकाे छ ।

बिज्ञापन

यस अघि अत्यावश्यक पसलहरू मात्र खुल्दा समेत व्यावस्थापन कम्मजाेर भएकाे अवस्थामा सबै पसल खाेलिदा व्यावस्थापन चुनाैति पुर्ण छ । काेराेनाकाे संक्रमण दिन प्रति दिन बढ्दै गएकाे छ । यस्तै इटहरीमा समेत काेराेना संक्रमित भेटिएका छन् । याे अवस्थामा जाेखिम कायमै रहेकाले सुरक्षाका उपायहरू पुर्ण पालना गर्नु पर्ने देखिन्छ ।