भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

जारी लकडाउनका कारण नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फिर्ता लगेको छ । भारतीय सरकारले नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको हो।

 

विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ ।

 

लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो ।
दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ ।

 

भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो ।