
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् ।
आइतबार दिउँसो परिवारसहित उनी थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
एक महिना लामो बसाईका लागि ज्ञानेन्द्रसँगै पुर्वरानी कोमल, नातिनीद्धय पुर्णिका, किर्तिका, निजी सचिव सागर तिमल्सिना लगायतको टोली थाइ एयरको विमानमार्फत बैंककतर्फ प्रस्थान गरेका हुन्।
निर्मल निवासका अनुसार ज्ञानेन्द्र परिवार असार ३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।