दु:खद खबर: पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या

पाँचथर : मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ। एक किशोरी घाइते भएकी छिन्। मिक्लाजुङ गाउँपालिका ३  आरुबोटेका बमबहादुर फियाक र धनराज सेर्माको घरमा घटना भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए।

उनका अनुसार फियाक र सेर्मासहित सात महिलाको हत्या भएको हो। तीमध्ये तीन बालिका पनि छन्। फियाकको घरमा चार र सेर्माको घरमा पाँच जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव पाइएको उनले बताए।

घटना भएको  घटनाको जानकारी आएलगत्तै प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ। कसले र किन उनीहरूको हत्या गर्‍यो भन्ने विषयमा केही खुलेको छैन।

घाइते १२, १३ वर्षीया एक किशोरीलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।