स्वास्थ खबर: भुटेको लसुन, यस्तो लसुन खानाले निको पार्छ यी रोगहरु

काठमाडौ । लसुनको प्रयोगले खानेकुराको स्वादलाई बढाउँछ । स्वास्थको लागि निकै फाइदाजनक रहेको लसुन काँचो भन्दा बढी भुटेको खानुमा धेरै फाइदा हुने विज्ञहरुको भनाइ छ । विशेष गरेर भुटेको लसुन पुरुषहरुको लागि लाभदायक रहेको हुन्छ । यस्तै आज हामी तपाईहरुलाई भुटेको लसुन खाँदा कस्तो फाइदा हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।


१.अधिक स्टामिना : भुटेको लसुनमा लिसिन हुने हुँदा त्यसले शरिरमा रक्त कोसिकाको चापलाई नियन्त्रण गर्छ ।


२.दाँतको दुखाई कम : यदि तपाईलाई दाँत दुखेर हैरान भएको छ भने त्यस्तो बेलो भुटेको लसुन पिसेर दातमा राख्दा केही राहत पाउन सकिन्छ । लसुनमा हुने एन्टी बैक्टीरियल तत्वले दाँतको दुखाइलाई सिधा असर पार्छ ।


३.हर्मोन ब्यालेन्स : लसुनमा भएको ऐलिपिसनले पुरुष हर्मोनलाई नियन्त्रणमा राख्छ ।


४.पेटको रोग बाट टाढा : भुटेको लसुनले पेटसम्बन्धी रोगहरुलाई टाढा राख्छ । हरेक दिन भुटेको लसुन खाँदा पेटमा भएका सबै रोगहरुलाई टाढा राख्छ ।


५.रोग प्रतिरोधक क्षमता : भुटेको लसुनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसमा हुने एन्टि ब्याक्टेरियल तत्वले चिसोबाट मात्र नभइ थकानलाई पनि भगाउँछ ।