९ वर्षीया बहिनी बलात्कार गरेको आरोपमा दाई पक्राउ

काठमाडौं : कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २२ वर्षीय वीरेन्द्र दायल पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१० की ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भई कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल पक्राउ परेका हुन् ।

बिज्ञापन

दयालमाथि फुपुकी छोरी अर्थात बहिनीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालकाविरुद्ध जाहेरी दिएको जानकारी दिए । साथै उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थव अनुसन्धान भइरहेको बताएको छ ।