
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । आज थपिएकामा ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि गौतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।