
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्मको बैठक भत्ता नदिने घोषणा गरेका छन् ।




प्रवक्ता श्रेष्ठले कोरोना भाइरसबाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् ।

‘यसका लागि सार्बजनिक खर्चमा कटौती, मितव्ययीता,चुहावट र भ्रष्टाचार नियन्त्रण,प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ । यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु । सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ,’ उनले भनेका छन् ।
प्रवक्ता श्रेष्ठले सांसद बिकास कोष कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्द्रित राष्ट्रिय योजनामा लगानी गर्न र समग्र राष्ट्रिय आवश्यकताको कोणबाट सोच्न आग्रह गरेका छन् ।