
गौरिगन्ज गाउँपालिका स्तरिय संयुक्त राजनैतिक दलित संघर्ष समितिको दोस्रो बिस्तृत भेला सम्पन्न भएको छ ।
संघर्ष समितिको अध्यक्ष सुनिता पाश्वानको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा मुक्ति समाज जिल्ला सल्लाहकार कमिटी सदस्य तथा नेकपा जिल्ला कमिटी सदस्य श्याम लुहागुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम मा जनप्रतिनिधिहरुको काम कर्तब्य र अधिकार को बारे सुरेश बराइली ,सुशिल बराइली र भोला परियार ले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्याम लुहागुन ले अबको दलित संघर्ष संबिधान को पुर्ण कार्यन्वयन मा हुनुपर्नेमा जोड दिएका थिए । दलित वर्गले विभिन्न बहानामा अझै पनि अपमानित हुनुपरेको भन्दै चिन्ता व्यक्त गर्दै व्यवस्था फेरिए पनि व्यवहार नबदलिएको तर्क गरे । गौरादह नगर दलित संघर्ष समिती अध्यक्ष सुर्य गजमेरले रुकुम घटनामा राजनैतिक गन्ध आएको आरू लगाए । मानव अधिकार उल्लंघन र संविधान को खिल्ली उडाएको भन्दै यस प्रती सचेत रहन आग्रह गरे ।
संयुक्त दलित संघर्ष समितिको झापाका सह- संयोजक तथा नेकपा जिल्ला नेता सुरेश बराइली, अध्यक्ष भोला परियार गौरादह नगर समिती अध्यक्ष सुर्य गजमेर, शुसिल बराइली लगायत को उपस्तिथि रहेको थियो ।
स्वागत मन्तव्य सोनु परियारले राखेको कार्यक्रमको संचालन गौरिगन्ज दलित संघर्ष समितिका सचिब प्रबिन बराइलीले गरेका थिए ।