गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि

गुल्मी। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै मृतकको संख्यामा २३ पुगेको हो। सम्भवतः स्वास्थ्य मन्त्रालयले यसको औपचारिक जानकारी आज दिनेछ।

यसअघि २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ। गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले दिएको जानकारीअनुसार ती व्यक्तिको मृत्यु होम क्वारेन्टाइनमै रहेका बेला बिहीबार साँझ भएको थियो।

बिज्ञापन

त्यसपछि उनको स्वाब परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइएकामा हिजो दिउँसो रिपोर्ट आएको र रिपोर्टमा कोरोना पोजिटिभ आएको वहाँले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती व्यक्ति प्यारालाइसिसका दीर्घरोगी थिए। उनी भर्खरै भारतबाट उपचार गराएर घर फर्केका थिए।