
काठमाडौं : आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९० हजार ६ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
बिज्ञापन



यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
