झापामा आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापामा आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा विर्तामोड नगरपालिकाका २ जना, मेची नगर नगरपालिकाका ३ जना, हल्दिबारी गाउँपालिकाका २ जना र बुद्धशान्ति गाउँपालिकाका ६ जना छन् ।

विर्तामोडमा संक्रमित हुनेमा ४६ र ३६ वर्षीय पुरुष रहेको जनाईएको छ । उनीहरु बिर्तामोड नगरपालिका वडा नंम्बर ५ र ७ का हुन् । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यस्तै मेचीनगरमा देखा परेका मध्ये दुई जना कुबेतबाट आएका र एक जना भारतको आसामबाट आएको नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।