चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

भरतपुर, १३ असार । चितवनमा आज (शनिवार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो ।

उनी लामो समयदेखि फोक्सोको क्यान्सर पीडित थिए । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको अस्पतालले बताएको छ। यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो । याे सँगै नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या २८ पुगेकाे छ ।