राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ।गान्धीले संक्रमण पुष्टि भएसँगै सामाजिक संजाल मार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।

“सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस संक्रमण देखिएकाले,मेरो निकट आउनुभएका सम्पुर्णले आवश्यक सावधानी अपनाउनुहोला ´´भन्दै उनले ट्विट गरेका छन्।

बिज्ञापन

प्रधानमन्त्री नरेन्द्र मोदिले पनि ट्विटर मार्फत नै उनलाई स्वास्थ्य लाभ को कामना गरेका छन्।