थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

काठमाडौं । बिहीबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।यो कूल संक्रमितको आधारमा निको हुनेहरु ६४. ८५ प्रतिशत हो ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।

कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।