२४ घण्टामा थपिए १८६ कोरोना संक्रमित, १७३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार संक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ । उनीहरूको देशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १७३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ११ हजार ८६८ जनाले कोरोना जितेको मन्त्रालयको तथ्यांक छ । हालसम्म ६६.५१ प्रतिशतले कोरोना जितेको प्रवक्ता डा. गौममले जानकारी दिए ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार २१६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार २२८ जना छन्