
काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिगविजय नै गरेका छन् । उनको दल भारतीय जनता पार्टीले शानदार बहुमत ल्याएको छ । सन् २०१४ भन्दा लोकसभा निर्वाचनमा बिजेपीले शानदार नतिजा ल्याएको छ ।
लोकसभाको ५४३ सिट मध्ये मोदीको बिजेपीले ३०३ सिटमा बिजयी भइसकेको छ भने उनको गठबन्धनले ३५१ सिट जितेको छ । सन् २०१४ को निर्वाचनमा मोदीको दल बिजेपी गठबन्धनले २८२ सिट जितेको थियो । भारतीय लोकसभामा धेरै चर्चित अनुहारले जितेपछि कांग्रेस अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको मिरेठबाट पराजित भएका छन् । भारतका १७ राज्यमा राहुलको भारतीय कांग्रेसले खाता पनि खोल्न सकेन । १७ राज्यमा कांग्रेस शून्य परिणाम ल्याएको छ ।
त्यसैगरी सीताराम यचुरीको नेतृत्वमा रहेको भारतीय कम्यूनिष्ट पार्टीेले एक सिट मात्र जितेको छ । भाकपाबाट उम्मेद्धार बनेका कन्हैयाकुमार पराजित भएका छन् । भारतीय लोकसभा निर्वाचन मोदीमय बनेको छ भने फेरी पाँच बर्ष प्रधानमन्त्रीका लागि मोदी जनअनुमोदित भएका छन् ।
सन् २०१४ मा बालबाल अस्थित्व जोगाएको भारतीय कम्यूनिष्ट पाटी लगभग विदाई भएको छ । विधानसभा निर्वाचनबाट हुदै गएको पराजय थाम्न यचुरीले सकेनन् । भारतबाट कम्यूनिष्ट पार्टीको विदाई जस्तै भएको छ ।
उता सिक्किममा २५ बर्षदेखि शासन गर्दै आएको चाम्लिड शासन पनि ढलेको छ । चाम्लिडको गढमा बिजेपीले आफ्नो झण्डा गाडी दिएको छ ।
लोकसभा निर्वाचनमा मोदी र उनको पार्टीले दिगविजय नै हाँसिल गरेपछि समर्थक र मतदातालाई धन्यवाद दिएका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा भारतीय जनता पार्टीको जितले नयाँ भारत बन्ने दावी पनि मोदीले गरे ।