
पोखरा- पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् ।त्यसैगरी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत पाएका छन् ।उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मतसहित उनलाई पछ्याइरहेकफ छन्।