झापामा समुदायमा कोरोना, बाह्रदशीका घरमै बसेका २ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापामा समुदायमा कोरोना देखिएको छ । झापाको बाह्रदशी गाउँपालिकाका घरमै बसेका २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । घरमै बस्दै आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना समुदायमा प्रबेश गरिसकेको देखिएको छ । ८ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रोदेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा आज आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिनेमा बाह्रदशी गाउँपालिका वडा नम्बर–३ का ५१ वर्षीय र वडा नम्बर–२ का ४० वर्षीय पुरुष हुन् । विदेशबाट नआएका र स्वदेशमै बसी रहेकामा कोरोना संक्रमण देखिएपछि अहिले सो गाउँपालिकाका अन्य वडाका वडा अध्यक्षहरुको भेला भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र प्रसाख राजबंशीले जानकारी दिनुभयो ।

वहाँका अनुसार गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षसहितको भेलाले अब के गर्ने भन्ने निर्णय गर्नेछ । संक्रमित दुबै जनालाई मोरङ्गको गोठगाउँ स्थित पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पताल पठाउने तयारी भइरहेको वडा अध्यक्ष राजबंशीले जानकारी दिनुभयो ।