
काठमाडौँ । प्रहरीको साइबर ब्यूरोले अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँका सविनराज मिश्र रहेका छन् ।

तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया किशोरीको नक्कली फेसबुक आईडी बनाएर आफन्तलाई भिडियो पठाउने मिश्र शुक्रबार पक्राउ परेको ब्यूरोका एसपी राकेश सिंहले जानकारी दिए ।
बिज्ञापन



किशाेरीको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल भिडियो तथा सन्देश किशाेरीको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको सिंहले बताए ।

पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि मिश्र मिश्र विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेको व्यक्ति हुन् ।