
काठमाडौं । सांसदलाई अध्ययनका लागि संघीय संसदले आफ्नै पुस्ताकालय व्यवस्था गरेको छ। राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसदको सिंहदरबारस्थित पुस्तकालयमा छन्।

२००८ सालदेखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन्। तर, सांसदहरु पुस्तकालय नै जाँदैनन्। संसद सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन्।
भुइँ तलामा पुस्तक असरल्ल छरिएका छन्। कतिपय कुनामा फालिएका छन्। धेरै पुस्तकमा ढुसी लागिसकेको छ। नष्ट हुने जोखिम छ।पुस्तकालय लथालिंग बनेको छ। त्यहाँ पुग्ने सांसदहरु बसेर पढ्ने ठाउँ नभएको गुनासो गर्छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।