चुच्चेपाटीमा आमाछोरीमाथि  ‘थिनर’ आक्रमण

काठमाडौं- काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् ।

घरायसी विवादमा गएराति उनले थिनर प्रहार गरेको प्रहरीले जनाएको । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका रहेको प्रहरीले जनाएको छ ।

चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य रहेको उनले बताए ।

थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ ।