
काठमाडौं, २६ साउन । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
११ दिनअघि कोरोना पुष्टि भएका एक बृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
कलंकी ट्याङ्ला फाँटका ६४ वर्षीय कोरोना संक्रमित उनी झण्डै २ साता पहिल्यैबाट उपचाररत थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको बताइएको छ । उनी निमोनिया र मधुमेहबाट पनि ग्रसित थिए ।