
सुनसरीको नरसिंह गाउँपालिकामा युवकको वीभत्स तरिकाले हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका २१ वर्षीय युवा गुनानन्द यादवको हत्या भएको हो ।
वीभत्स ढंगबाट हत्या गरी शव स्थानीय सुनसरी खोलामा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले जानकारी दिए ।
हत्या के कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताए । हात खुट्टा बाधेर बोराभित्र ढुंगा हालेर सुनसरी खोलामा फालेको अवस्था शनिबार शव फेला परेको हो ।