झापाको दमकमा समुदाय स्तरमा कोराना संक्रमण देखिएपछी आजदेखि भाद्र ६ गतेसम्म  लकडाउन

दमक । झापाको दमकमा आज शनिबार राती १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म कडा लकडाउन गरिएको छ ।

आज नगरपालिका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बिज्ञापन

बैठकले लकडाउनका समयमा एम्बुलेन्स , सन्चारकर्मी सहित आपतकालिन सेवाका बाहेक सबै सवारीसाधन , बजार पसल आदि बन्द गर्ने निर्णय गरेको नगरपालिका प्रमुख रोमनाथ ओलीले जानकारी दिए। दुग्ध पसल बिहान २ घण्टा खोल्न दिने र औषधी पसल बाहेक अन्य सबै पसल पूर्ण रुपमा बन्द रहने निर्णय भएको उनले बताए ।

शुक्रबार ७ जना संक्रमितमध्ये ५ जना बिधुत प्राधिकरणका कर्मचारी १ जना भारतबाट आएकी महिला र १ ब्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसका कारण कोरोना भाईरस समुदायमा फैलिएको आशंका गरिएको छ ।