यहीँ माटोमा मर्न तयार छ

सर्व श्रेष्ठ

मेरो पुर्खाले पनि
साइला कामीले
आगोमा खेल्दै कमाएको
सिरुपाते खुकुरी बोकेर
लखेटेको सम्झना ताजै छ
याद रहोस
देश खोस्न कोहि आउँछ भने
आगो सग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ

बिज्ञापन

तोप गोली त
के कुरा भो
तिम्रो मिसायल बन्द गर्न
हामी सग पुर्खाले छोडेको
साहास छ ।
तिमी त कायर हौ
तिमिले जितेको कुनै
इतिहास छ ???
छि !छि !!छि !!!
लिपुलेक र लिम्पियाधुरा
तिमिले बनाएको नक्सा भित्र
अटाएको देख्दा लाज लाग्छ
तिम्रो देश बचाउन
यहि माटोले जन्माएका
सपूत हरु
फलामे पिल्लर बनेर
उभिएका छन्
याद रहोस्
हाम्रो भुमी फिर्ता गर
नत्र आगो सग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ।

तिमिलाइ आगो सल्काउन
धेरै पर बस्नु पर्दैन
तिमिले बोकाएको बम
मेरो देशको सपूत हरु सग छ
पास्कितान र कस्मिरको
सिमानामा छ
याद रहोस्
देश खोस्न कोहि आउँछ भने
आगो सग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ

तिमिले बनाएका
लेन्डुपे एजेन्डहरुको
आशै नगरे हुन्छ
रास्ट्रबादी आगोले
खरानी बन्ने छन् तिनी
तिम्रा हनुमान सग त के
तिमी सग मुकाबिल्ला गर्न
तयार छन्
याद रहोस्
सिरुपाते खुकुरी
कमाउन तयार छन् यहाँ
बिदेशीका दलाल लखेट्दै
हाम्रो माटो बचाउन तयार छन
याद रहोस्
देश खोस्न कोहि आउँछ भने
आगो सग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ।