९ वर्षीया बालिका बलात्कार आरोपमा छिमेकी पक्राउ

पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाबाट १ जनालाई पक्राउ गरेको छ ।

पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङलाई पक्राउ गरेको हो । उनी बालिका बलात्कार गरेको छिमेकीले थाहा पाएपछि फरार थिए ।

कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठका अनुसार आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको छ ।

बालिकाका बुबाआमा दुबै जना विदेशमा रहेका प्रहरीले जनाएको छ ।