तास खेली रहेको अवस्थामा १२ जुवाडे पक्राउ

मोरङ कानेपोखरी-५ चालिसबिघे स्थितमा रहेको एक घरमा तास खेलीरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा झापा अनारमुनीका ३६ बर्षीय बिमल गुरुङ, ३७ बर्षीय संजिव भघनी, झापा हल्दिबारीका ३६ बर्षीय तारा कुमार जोगी, झापा बुद्दशान्तीका २८ बर्षीय श्याम लिम्बु, ३८ बर्षीय मनिष लिम्बु छन भनी यसै गरी मोरङ बेलबारीका ३६ बर्षीय बिमल गुरुङ, ५२ बर्षीय चन्द्र लिम्बु, ३७ बर्षीय कृष्ण लिम्बु , लेटाङ-५ का ३१ बर्षीय समिर तामाङ रहेका छन यस्तै सुनसरी धरानका ३९ बर्षीय रुपजंग लिम्बु, २९ बर्षीय किरङ उदास र २४ बर्षीय राजन पौडेल रहेका छन ।

उनीहरूलाई सूचनाका आधारमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

बुधवार दिउसो कानेपोखरी ७ चौबीस विघेका किशोर लुइँटेलको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरूलाइ पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूको साथबाट ३ लाख ५ हजार र ११ थान मोबाइल बरामद गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

जुवा खेल्न पुग्नेहरू कानेपोखरीमा सवारी साधन राख्ने र ३ किलोमिटर दक्षिणको चौबीस विद्ये पुग्ने गरेको गिरीले जानकारी दिए । उनिहरू करिब ५० किलोमिटर दुरी पार गरेर उनीहरू त्यहाँ जुवा खेल्न पुग्ने गरेका गिरीको भनाइ छ ।