सेनाको हेलिकप्टरमा राहत लिएर बाग्लुङ गए गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा राहत सामग्री लिएर बाग्लुङ हिँडेका छन्।

उनी बाग्लुङ पहिरोको अवलोकनसँगै राहत सामग्री पनि लिएर हिँडेको गृह मन्त्रालयले जनाएको छ।

बिज्ञापन

थापा नेपाली सेनाको हेलिकप्टरमा बाग्लुङ उडेका छन्।

बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा आठ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।

टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।