जन्तरे मामा र एलिना चौहानको कोपिला जस्तो जोवन सार्वजनिक

उर्लाबारी- पछिल्लो समय युटुबमा भाईरल बनेका जन्तरे मामा भनेर चिनिने अमित कुमार राई र गायिका एलिना चौहानको कोपिला जस्तो जोवन बोलको गित मंगलबार बेलुका सार्वजनिक भएको छ ।

पूर्वका चर्चित युटुबर एवम् पत्रकार किशोर श्रेष्ठको युवा मन नेपाल नामक युटुब च्यानलबाट सो गित सार्वजनिक गरिएको हो । गीतमा कृष्ण उदासीको शब्द रहेको छ भने बादल लिम्बुले संगित दिएका हुन् । सो गीतमा जन्तरे मामासँगै छबि श्रेष्ठ, एलिसा पोख्रेल र जमुना राईको मुख्य अभिनय रहेको छ ।

बिज्ञापन

गीतको छाँयाकन इलाम र बिर्तामोडस्थित होटल हेभन्लीमा गरिएको छ । गीतको निर्मातामा भवन् आचार्य रहेका छन् भने निर्देशन विवेक हिङमाङले गरेका हुन् । भिडियोको सपोर्टिङ अभिनयमा शोभितमाया तामाङ, धनुष महतो, शान्ति राई, जेनिशा राई, जानुका तामाङ, रुद्र चिमरिया, ज्ञानु वाईवा, राम डंगोल लगायत रहेका छन् ।

भिडियो हेर्न यहाँ जानुहोस :https://youtu.be/EqydqPXhQtU