२४ घण्टामा १३५१ संक्रमित थपिए, ७४२ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ७४ हजार नाघेको छ । आजसम्म ७४ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ सय ६ सय ९५ जना छन् भने १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण मुक्त हुने दर ७३.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।