
पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्टले कोरोना भाइरस संक्रमणका कारण १५ देखि २० लाख नेपालीले रोजगारी गुमाउने बताएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विष्टले कोरोनाका कारण विश्व श्रमबजारमा ठूलो चुनौती थपिएको उल्लेख गरे ।

विश्वमा ३० करोड ५० लाख जनशक्ति कामबाट बाहिरिएको अवस्थामा १६ देखि २० लाख नेपाली रोजगारीबाट बाहिरिने संकट रहेको बताउँदै यसको ब्यवस्थापनमा सरकार लाग्नुपर्नेमा जोड दिए ।



उनले कसरी देशमा रोजगारीलाई कायम गर्न सकिन्छ त्यसमा सोच्न आवश्यक रहेको बताउँदै कृषिमा रोजगारीको संभावना धेरै रहेको उल्लेख गरे । सरकारले कृषि उत्पादनमा कसरी आत्मनिर्भर हुन सकिन्छ त्यो कुरामा जोड दिन आवश्यक रहेको बताए ।

खान नपाउने विपन्न परिवारलाई काम गरेर खान पाउने गरी १ बर्ष अगाडि सामाजिक न्यायका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम आएको र यो आर्थिक वर्षमा १ सय महिनामा २ लाखका लागि राजगारी दिने व्यवस्था गरिएको उल्लेख गरे । तर सीपमूलक कार्यक्रम प्रभावकारी नबाउने हो भने उनीहरु रोजगारीबाट बाहिरिने चिन्ता रहेको बताए ।
श्रमिकलाई केन्द्र, प्रदेश र स्थानीय तहले दक्ष र पुनःदक्ष बनाउन सकिएन भने काम नपाउने अवस्था रहेको बताउँदै काम र जनशक्तिको बिचमा समन्वय हुन नसक्दा बेरोजगार हुने अवस्था रहेको बताए ।
उनले नेपालले जानसाङ्खिक लाभ हासिल गर्न नसकेको बताए । सन् २०६० सम्म मात्र जानसांखिक लाभ हासिल गर्न सक्ने भन्दै नेपाल बृद्ध समाजमा प्रवेश ग¥यो भने नेपालले उत्पादन गर्न नसक्ने बताए ।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा उद्धार गर्न आवश्यक रहेको बताउँदै नेपालमा उनीहरुका लागि रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरे ।
३८ प्रतिशत श्रमिक सबैभन्दा धेरै खट्ने बताउदै उनीहरु नै सबैभन्दा गरिब रहेकोले उनीहरुका लागि आवश्यक सीपको व्यवस्था गर्न माग गरे ।