
कसै सामु नफैलाउनु हात सहारा कसैले दिदैन
सबथोक दिन्छु भन्नु न हो जुन तारा कसैले दिदैन ।
उठ्न सम्म नदिई पाइलैपिच्छे लडाउछ दुनियाँ
बुझ्नुपर्छ यहाँ भाषा बुझ्ने इशारा कसैले दिदैन ।
सत्य लुकाउन उ पनि सरकारलाई प्रश्न गर्छ
खोजी गरेर चोर, गुण्डा,हत्यारा कसैले दिदैन।
चाहँदैमा समुन्द्र आफै कहाँ नजीक आउँछ र
थोपानै जम्मा गर प्यास मेट्न धारा कसैले दिदैन ।
जहाँ जाउ जुन ठाउँ जाउ एकपल्ट जरूर सोच
बाबु,आमाको जस्तो अभिभारा कसैले दिदैन ।
✍️ रुपा बुढाथोकी
गौरादह,झापा ।