
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा मंसिर ३ गते हुने भएको छ । क्यानको शनिबार बसेको बोर्ड बैठकले साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको हो ।
यस अघि गत असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरिएको थियो । यस्तै बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।
यस अघि गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो ।