पैसा कमाउने दाउमा सरकारी बिद्यालय, २ सयको प्रमाणपत्रलाई ४ हजार लिएको भन्दै तालाबन्दी

झापा: शिवसताक्षी न.पा वडा न.१० मा स्थित बालनिकुन्ज मा.बि ले एसईई (SEE) परिक्षा पास गरेका बिध्यार्थीहरुलाइ उपलब्ध गराउनुपर्ने चारित्रिक प्रमाणपत्र बितरण गर्दा चर्को शुल्क असुल्ने गरेको भन्दै बिद्यालयमा तालाबन्दी गरिएको छ ।

 

 

चारित्रिक प्रमाणपत्र वितरण गर्दा अनावश्यक तवरले महंगो शुल्क असुल गरिएको भन्दै नेपाल बिद्यार्थी संघले बिद्यालयमा तालाबन्दी गरेको हो । उक्त बिद्यालयले प्रमाणपत्र बापत ४ हजार लिने गरेको तथ्य फेला परेको ले नेपाल बिद्यार्थी संघ झापा जिल्ला कार्यसमिति ले आज मंगलबार बिद्यालय प्रशासन मा तालाबन्दी गरेको ने.बि संघ शिवसताक्षी नगर उप-सभापतिले बताए ।

 

ने. वि . संघ जिल्ला सदस्य अर्जुन भट्टराईले उक्त बिद्यालयले लिएको चर्को शुल्क तत्काल बिद्यार्थी लाई फिर्ता नगरे तालाबन्दी नखोली अझै ससक्त रुपले आन्दोलन मा उत्रिने चेतावनी दिएका छन् ।

 

‘नेपाल सरकार ले सरकारी बिद्यालयहरुमा कुनै पनि शुल्क नलिइ शिक्षा प्रदान गरिनु पर्ने र चारित्रिक प्रमाणपत्र बनाउँदा २०० देखि ५०० मात्र शुल्क भनिरहँदा यस्ता तथ्य बाहिरिनु आफैमा दुखद भएकोले झापाका कुनै पनि स्थानमा यो प्रकृतीका मनोमानी ढंगबाट शुल्क लिएको थाहा भएमा ने.बि. संघ झापा लाई जानकारी गराउन आग्रह गर्दछु’ ने.बि. संघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले बताएका छन् ।