
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएकोमा बिहीबार प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।
बिज्ञापन



महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ ।

चाँदी बुधबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।