
वीरगञ्ज : पर्सामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादी निवासी ५० वर्षका ठग महतो थारुको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार साँझ ७ बजे गादीटोलमै ना ६ त ७६७१ नम्बरको ट्रयाक्टरले पैदल हिँड्दै गरेका थारुलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको तथा चालक भने फरार भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।