
हिड्छु म मेरो देशलाई आँखामा राखेर ।
र यी मेरा आँखाहरू सिमानामा राखेर ।
हिजो छिमेकी सुटुक्क आएर गएको छ ,
विचार पानामा नजर नदिनालामा राखेर ।
देश समृद्ध कहिल्यै हुन् सक्दैन् महाशय ,
आफू सत्तामा देशलाई नारामा राखेर ।
छोरी, विश्वास लाग्ने मान्छेबाटै खतरा छ
कहाँ हिडेकि जवानी जामामा राखेर ?
हिजो देशलाई रूखमा झुन्ड्याएर पछुतायौं
आज घाममा अनि हँसिया हथौड़ामा राखेर ।
भूपि सरोवर
सिगास ०३ बैतडी
हाल : काठमाडौं