
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित दाँजेमा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
४ जनाको घटनास्थलमा र ५८ वर्षीय लाल बहादुर नेपालीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए ।
गएराति आठबिसकोट–१० घाखोला जाँदै गरेको ग.१ज ५८९ नम्बरको जन्ती सवार जीप दुर्घटना भएको थियो ।
जिप सडकबाट १ सय मिटर तल खस्दा आठबिसकोट–८ बस्ने कलीभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको घटनास्थलमा मृत्यु भएको थियो ।
चालक दिल बहादुर नेपाली र जिपका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिए । मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।