

पथरीशनिश्चरे- बैशाख ७ पथरीशनिश्चरे नगरपालिका २ पथरी बजारमा एकाबिहानै नग्न अवस्थामा रिना बस्नेतको लाश भेटियो । तेह्रथुम स्थायी घर भई हाल पथरी स्थित विरबहादुर बस्नेतको घरमा डेरा गरि बस्ने बर्ष २९ कि रिनाको लास उनी बस्ने घर अगाडीको सडकमा नग्न अवस्थामा भेटिएको थियो ।



बिहान झिसमिसेमा सडकमा घोप्टो परेर लडिरहेको लाश देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानियसँगको सोधपुछ पछि मृतकको पहिचान खुलेको प्रहरीले बताएको थियो । मृतकका पति वैदेशिक रोजगारीमा रहेका छन् भने उनी केहि समयदेखि पथरी बजारमा पसल गर्दै आएकी थिइन् । यतिबेला मृतकका पति स्वदेश फर्की सकेका छन् ।

मृतक बस्नेत पथरी रंगशालामा बैशाख ६ गते भएको सांगितिक कार्यक्रम हेर्न गएकी थिइन् । कार्यक्रम हेरि करिव ११ बजे फर्किएको छोरा साइमनले बताएका थिए ।
रिनाको रहस्यमय मृत्यु भएको रातको सिसिटिभी फुटेज बाहिरीयो:
६ गते रातीको सिसिटिभी फुटेज बाहिरीएको छ । सिसिटिभी फुटेजमा देख्न सकिन्छ, ठेलामा एक ब्याक्तिले मुखमा टाउको देखि घाँटी सम्मको नकाव लगाएको सिसिटिभी फुटेजमा देखिन्छ । त्यहाँ सेतो चिजले छोपेको देखिन्छ त्यो पनि मान्छे कै आकार जस्तो देखीन्छ । रिनाको हत्या गरी ठेलामै ल्याएको शंका स्थानियले गरेका छन् ।