
दमक/ मालपोत कार्यालयमा घुस लिदै गरेको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ।
भ्रष्टाचार बिरोधि प्रधानमन्त्री केपी शर्मा ओलिको गृह क्षेत्र झापाको दमकमा रहेको मालपोत कार्यलय भित्र कर्मचारीले घुस लिदै गरेको भिडियो कैद गरेका माउन्टेन टेलिभिजनका झापा सहकर्मी तथा अनुसन्धान अनलाइन टिभीका पत्रकार खगेन्द्र घिमिरे लाई कार्यलय भित्रै कर्मचारीले हातपात गरेका छ्न ।
मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे पत्रकार घिमिरेमाथि आक्रमण भएको हो।कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्।
पत्रकार घिमिरेका अनुशार उनले मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचेको बताए।
शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस– १ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताएका छ्न।आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ।स्थानीय क्लिनिकमा उपचार गराएका पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा कर्मचारी इन्द्र राजवंशी विरुद्ध किटानी जाहेरी दिएका छन् ।