
काठमाण्डौं। निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ।
जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ। उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिइसकेका छन्। तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका थिए।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।