
काठमाडौं : ईङ्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत लिभरपुल, आर्सनल, न्युक्यासल, क्रिस्टल प्यालेस लगाएतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगीतामा लिभरपुल र टोटेनहम भिड्ने छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।
दुवै टिमको तालिकामा समान २५ अंक छ । यस्तै आजै हुने अर्को खेलमा आर्सनलले उथह्याम्टनको सामना गर्ने छ। आर्सनल १३ अंक सहित तालिकाको १५ औं स्थानमा रहेको छ भने साउथह्याम्टन २३ अंक सहित शीर्ष चारमा आफुलाई उभ्याएको छ ।
यसैगरी अन्य खेलमा लिड्सले न्युक्यासलको सामना गर्दा एभर्टनले लेस्टरसँग खेल्ने छ। यस्तै फुलहमले ब्राईटोनसँग, क्रिस्टल प्यालेसले वेस्ट ब्रुमको सामना गर्ने छ ।