कञ्चनपुरमा नशालु पदार्थ खुवाएर किशोरीमाथि सामूहिक बलात्कार

कैलाली : कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

बिज्ञापन

 

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अर्का एक युवा फरार रहेका र उनको खोजी भइरहेको छ । नशालु पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।