
काठमाडौं । संविधान तथा कानुनविदहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा संविधानसम्बत नभएको भन्दै संसद विघटन हुनै नसक्ने बताएका छन् । सिंहदरवारमा नेकपाका कार्यकारी अध्यक्षसहितका नेताहरुको छलफलमा उनीहरुले संविधानले संसद विघटनको परिकल्पना नगरेको भन्दै ओलीको कदमविरुद्ध स्टेप चाल्न सुझाव दिएका हुन् ।
छलफलपछि नेता मात्रिका यादवले रातोपाटीसँग भने, ‘संविधानले संसद विघटन गर्ने परिकल्पना गरेको छैन । संविधान विपरित संसद भंग भएको छ । त्यो अनुसार तपाइहरु स्टेप चाल्नुस् । जनतालाई साथमा लिएर अघि बढ्नुस’, कानुनविदहरुले दिएको सुझाव उदृत गर्दै नेता यादवले भने । उनीहरुको सुझाव सुनिसकेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरुले दलको बैठक र पार्टीमा छलफल गरेर आगामी स्टेप चाल्ने बताएका थिए । छलफलमा शम्भु थापा, प्रेम खड्का, राधेश्याम अधिकारी, लगायत नेपाल बारका पदाधिकारीहरु सहभागी थिए ।