
ट्रयास ब्राइबरी रिस्क मेट्रिक्सले निकालेको नयाँ सूचीमा नेपाल १ सय ७ औं स्थानमा छ । विश्वका १ सय ९४ देश, भूभाग र स्वायत्त तथा अर्धस्वायत्त क्षेत्रमा हुने व्यापारिक घुसखोरीको जोखिमलाई मापन गर्दैै यो सूची निकालिएको जनाइएको छ ।ट्रयास ब्राइबरीका अनुसारनेपाल जोखिमको मध्यमस्तरमा छ ।

सरकारसँगको व्यवसायिक अन्तक्रिया, घुसखोरी प्रतिरोधक र प्रवर्तक, सरकार र जनसेवाको पारदर्शिता र सञ्चारमाध्यमको भूमिकासहित नागरिक समाजको निगरानीबारेको अध्ययनलाई आधार बनाएर यो सूची तयार गरिएको हो । नेपालले कुल ५० अंक पाएको छ । जसअन्तर्गत सरकारसँगको व्यवसाहिक अन्तक्रिया शीर्षकमा ५२, घुसखोरी तिरोधक र प्रवर्तकमा ६०,सरकार र जनसेवाको पारदर्शितामा ५३ र नागरिक समाजको मा ३८ अंक दिइएको छ ।
२०१४ मा रेन्ड कर्पोरेशनसँगको सहकार्यमा ट्रेस मेट्रिक्स सुरु भएको थियो, त्यसयता वार्षिक रुपमा ट्रेसमार्फत यसको अपडेट हुँदै आएको छ ।



यी देशमा व्यावसायिक भ्रष्टाचारको जोखिम निकै कम
यो वर्षको आँकडा अनुसार उत्तर कोरिया, तुर्कमेनिस्तान, दक्षिण सुडान, भेनेजुएला र इरिट्रिया उच्च व्यापारिक घुसखोरी जोखिम भएका देश हुन् । जबकी डेनमार्क, नर्वे, फिनल्याण्ड, स्विडेन र न्यूजिल्याण्डमा जोखिम सबैभन्दा कम छ ।

चीनभन्दा नेपालको स्थिति राम्रोः
आँकडाका अनुसार नेपालको प्रदर्शन आफ्नो छिमेकी देश चीनभन्दा राम्रो छ । चीन ५४ अंकसहित १ सय २५ औं स्थानमा छ । जबकी नेपालको भन्दा भारतको स्थिती राम्रो छ । भारत ४५ अंकसहित ७७ स्थानमा छ । यस्तै भूटानले ३७ अंकसहित ४८ औं स्थान प्राप्त गरेको छ ।
यी देश नेपाल जत्तिकै
नेपालबाहेक सर्बिया, साउदी अरब, एल साल्भेडर, हंगेरी, कतारलगायतका देशले पनि ५० अंक पाएका छन् ।