मनले चिताएको पुर्याइदिने पाथीभरा माताको दर्शन गर्दै असार १ गते आइतबारको राशीफल पढौँ

मेष
आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । स्वास्थ्य विग्रिएला । आर्थिक कारोवारमा बिवाद आउनेछ ।

वृष
पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।

मिथुन
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद रहनेछ । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट
ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

सिंह
मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मी बाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनुहोला ।

कन्या
रोजगारको अवसर मिलनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

तुला
वैदेशिक कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।

वृश्चिक
मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

धनु
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । अविश्वाश उत्पन्न हुनेछ ।

मकर
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।

कुम्भ
दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाईसंग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मीन
आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुनेछ ।