रेल सञ्चालनको तयारीका लागि लिगमा रहेका हाटबजार हटाइँदै
काठमाडौं । रेल सञ्चालनको तयारी सुरु भएको छ । धनुषाको कुर्थादेखी भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चत भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगका अव्यवस्थित रुपमा लाग्दै आएको हाट बजार हटाउन सुरु गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार जनकपुरधामस्थित ठाउँ–ठाउँमा रेल्वे लिगमै तरकारी बजार लगाउने गरेका कारण रेल सञ्चालनमा अबरोध हुने भएपछि हटाउन थालिएको हो । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । 

बिज्ञापन

हाटबजारका लागि जनकपुर रेल्वे स्टेसनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ । 

खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई ९बिना यात्रु० सञ्चालन गर्ने तयारी गरेको छ । उद्घाटनको मिति एक दुई दिनभित्रै टुङ्गो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए ।