
काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् ।
मंगलबार संसद विघटनको विरोध सभामा नेकपा नेता भट्टराईले सो कुरा बताएका हुन् ।‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं,’ उनले बताए ।
सभा सञ्चालन गरिरहेका नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताए ।